काठमाडौं । आयात र निर्यातबिचको खाडल उच्च हुंदा मुलुकको बैदेशिक व्यापार कमजोर बन्दै गएको छ । मुलुकको आन्तरिक उत्पादनम कमजोर भएको र सानो भन्दा सानो बस्तु तथा सेवामा पनि परनिर्भर हुंदा व्यापार घाटा पनि सोहीरुपमा बढेको हो ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६–०७७ मा नेपालले कुल झण्डै ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोको थियो । उक्त आवमा नेपालको कुल निर्यात ९७ अर्ब रुपैयाँको हाराहारीमा रहेको थियो भने कुुल आयात झण्डै १२ खर्ब रुपैयाँको हाराहारीमा रहेको थियो । चालु आर्थिक बर्षको पछिल्ला महिनाहरुमा पनि मुलुकको व्यापार घाटा दिन बढ्दै गएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो सात महिनामा नेपालले सात खर्ब ३३ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरी सकेको छ । यस अवधिमा नेपालको कुुल आयात आठ खर्ब तीन अर्ब रुपैयाँको हाराहारीमा रहेको छ भने कुल निर्यात ६९ अर्ब ९२ करोड रुपैयाँको हाराहारीमा रहेको छ । यसअघि अर्थात चालु आवको छ महिनाको अवधिमा भने नेपालको कुल व्यापार घाटा छ खर्ब ४५ अर्ब रुपैयाँको हाराहारीमा रहेको थियो । राष्ट्र बैंकका अनुसार उक्त अवधिमा नेपालले छ खर्ब ६१ अर्ब रुपैयाँको आयात गरेको थियो भने ६० अर्ब ८० करोड रुपैयाँको सामान निर्यात गरेको थियो ।
चालु आवको पाँच महिनामा भने पाँच खर्ब २५ अर्बको सामान आयात गर्दा नेपालले ५० अर्बको सामान निर्यात गरेको थियो । सोही आधारमा उक्त अवधिमा नेपालको कुल व्यापार घाटा चार खर्ब ७५ अर्ब रुपैयाँको हारामारीमा रहेको थियो । चालु आवको चार महिनाको अवधिमा भने नेपालले चार खर्ब दुई अर्ब रुपैयाँको सामान आयात गरेको थियो भने ४० अर्ब २० करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो । सोही आधारमा उक्त अवधिमा मुलुकको कुल व्यापार घाटा तीन खर्ब ६२ अर्ब रुपैयाँको हाराहारीमा रहेको थियो । राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो तीन महिनामा भने नेपालको कुल व्यापार घाटा दुई खर्ब ६१ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । उक्त अवधिमा नेपालले दुई खर्ब ९२ अर्ब रुपैयाँ मुल्य बराबरको सामान आयात गर्दा ३१ अर्ब पाँच करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो ।
चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा भने नेपालले एक खर्ब ५८ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । उक्त अवधिमा नेपालले एक खर्ब ७८ अर्ब रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको छ भने कुल निर्यात २० अर्ब ४४ करोड रुपैयाँ बराबरको रहेको छ । राष्ट्र बैकका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा भने नेपालले ७६ अर्ब १९ करोड रुपैयाँ बराबरको बैदेशिक व्यापार घाटा बेहोरेको छ । उक्त अवधिमा नेपालको कुल आयात ८५ अर्ब ८१ करोड रुपैयाँ बराबरको रहेको थियो भने कुल निर्यात नौ अर्ब ६२ करोड रुपैयाँ बराबरको रहेको थियो ।
राष्ट्र बैंकको यो तथ्यांकलाई आधार मान्दा नेपालले प्रत्येक महिना एक खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेर्होने गरेको देखिन्छ । व्यापार घाटा यहीरुपमा बढ्ने हो भने चालु आवको सात महिनामा सात खर्ब भन्दा बढीको व्यापार घाटा बेहोरेको नेपालले चालु आर्थिक बर्ष समाप्त हुंदा १२ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा हुने देखिएको छ । अहिले बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारीकाकारण पनि बैदेशिक व्यापार घाटामा केही कमी आउन सक्ने राष्ट्र बैंक श्रोतले बताएको छ ।