एजेन्सी । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा आरबी लाइपजिगलाई २—० ले पराजित गर्दै समग्रमा ४—० को जितसहित लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।

लिभरपुलले जर्मन क्लबलाई पहिलो लेगमा समेत ४—० ले नै हराएको थियो ।
हंगेरीको पुस्कास एरिनामा भएको दोस्रो लेगमा लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।
लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा सलाहले गोल गर्दै टिमलाई १—० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २—० को जित दिलाए ।
