बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सांसदहरूले पाउने भए पुसदेखिकै तलब

शुक्रबार, फाल्गुन १४ २०७७

प्रतिनिधिसभा पुनर्स्थापनासँगै सांसदहरूले पुसदेखिकै तलब पाउने भएका छन् । गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि सांसदहरूको पारिश्रमिक रोकिएको थियो ।

पुसदेखि रोकिएको तलब सांसदहरूले अब एकमुस्ट पाउनेछन् । संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमला भन्छन्, ‘कानुनबमोजिम उहाँहरूले पाउने सुविधा पाउनुहुन्छ ।’

तर, सांसदहरूले उक्त तलब पाइसकेका छैनन् । फागुन महिनाको पारिश्रमिक पठाउँदा पुसदेखिकै तलब पठाउनेबारे छलफल भइरहेको सचिवालयका एक कर्मचारीले बताए । 

अहिले संघीय संसद्का सांसदहरूले मासिक ६४ हजार ७० रुपैयाँ तलब पाउँदै आएका छन् । मुख्य सचेतकको तलब ७० हजार सात सय ३० रुपैयाँ छ । संघीय संसद् विपक्षी दलको नेताको तलब पनि सत्तरी हजार सात सय ३० रुपैयाँ छ । 

संघीय संसद्का समिति सभापतिहरूको तलब ६७ हजार ३० रुपैयाँ छ । संघीय संसद सत्ता पक्षका सचेतकको तलब ६७ हजार ३० रुपैयाँ रहेको छ । आजको नयाँ पत्रिकाबाट