बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मेस्सीको गोलमा बार्सिलोनाको जित

बिहिबार, फाल्गुन १३ २०७७

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३—० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे ।

यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो ।

barcelona2.JPG

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको थियो ।

खेलको ४८ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना २—० ले अघि रह्यो ।

त्यसपछि खेलको ७३ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३—० को जित दिलाए ।

जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ ।

बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले पछि रहेको छ ।

इल्चे २१ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

barcelona 1.JPG

barcelona.JPG