काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले पश्चिमी वायुको आंशिक प्रभावले आज पनि तराई तथा पहाडका केही भू-भागमा हुस्सु लागेको जनाएको छ । पश्चिमी वायुकै आंशिक प्रभाव देखिए पनि आजको मौसममा उल्लेख्य असर नदेखिने महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार काठमाडौंको आज बिहान साढे ६ बजेको तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसोको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
उच्चपहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू-भागमा विहानपख हुस्सुरकुहिरो लागिरहँने र चिसो अझै रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश-१ मा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश-१ मा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।