काठमाडौं । बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजना आगामी चैतको अन्तीम सातादेखि स ञ्चालनमा ल्याउने गरि सरकारले तयारी थालेको छ। तर योजना अनुरुप निर्माण सम्पन्न हुने भने न्युन मात्रामा मात्रै संभावना छ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको व्यवस्थापन समुहले जनाएअनुसार चैत अन्तीम सातासम्ममा एउटा मात्रै युनिट भएपनि सञ्चालनमा ल्याउने तयारी छ । तामाकोसीमा ४ वटा युनिट रहेका छन् । त्यसैले चैत देखि नै यो आयोजनाबाट ४ सय ७५ मेगावाट विद्युत उत्पादन हुने भने होइन ।
भारतीय कम्पनी ट्याक्स म्याकाले अहिले काममा ढिलाई गरिहेको व्यवस्थापन समुह बताउँछ । पुरानो डिजाइन अनुसारका सामान ल्याउन नसकेपछि अहिले यो आयोजनाले डिजाइन नै बदलेको छ ।
यसले समयमै काम अघि नबढाएपछि केहि समयअघि यसका काम खोसेर अष्टे«यिन कम्पनीलाई जिम्मा लगाएको थियो ।जिम्मा दिएका काम सबै सकिदा पनि ट्याक्स म्याकाले बाकि काम आफै गर्छु भनेर राखेका पनि अघि बढाएको छैन ।
भारतबाट आउने बिजुलीको मात्रा बढ्दै जादा यो कम्पनीको उल्झनुलाई अहिले केहिले संकास्पद रुपमा हेर्नुपर्ने बताउँछन् ।
आयोेजनाका गेट र जडान गर्नुपर्ने पाइप अहिले पनि दिल्लीमा छन् । ति सामानको आयात पश्चात मात्रै जडान कार्य सक्न संभव छ। त्यसैले चैतमै बिजुली निकाल्नको लागि यि सामान कहिले आइपुग्छन् भन्ने बिषयले पनि महत्व राख्छ।
६ वर्षमा निर्माण सम्पन गर्ने लक्ष्यसहित सुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना ९ वर्षमा पनि पूरा भएको छैन । जसका कारण आयोजनाको लागत ६४ प्रतिशत बढेर ७९ अर्ब पुगिसकेको छ । त्यति मात्र होइन आयोजना कहिले पूरा हुन्छ भन्ने यकिन नरहेकाले लागत अझै बढ्ने देखिन्छ ।
वित्तीय विश्लेषण गर्दा २०६५ मा माथिल्लो तामाकोशीको लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको थियो । ६ वर्षमा निर्माण सम्पन्न हुादा १३ अर्ब २२ करोड ब्याज थपिएर ४८ अर्ब ५१ करोड पुग्ने आकलन थियो ।
प्रतिमेगावाट १० करोड ६३ लाख लागत आकलन गरिएकाले निर्माण सुरु गर्दा यो आयोजनालाई उच्च प्रतिफल दिने आयोजनाको रुपमा प्रचार प्रसार गरिएको थियो । तर अहिले काम सुस्त भएकैले आयोजनाको प्रतिवेगावाट लागत १७ करोड ३२ लाख पुगेको छ ।
तर अहिले काम कहिले सकिन्छ भन्ने यकिन नभएकाले लागत अझै बढ्दो क्रममा छ । काम सम्पन्न गर्नेभन्दा म्याद र लागत संशोधन गर्नमै तल्लीन आयोजना व्यवस्थापन काममा ढिलासुस्ती भन्दा पनि डलरको भाउ महंगिएकाले लागत बढेको बताउाछ ।
निर्माण सुरु गर्दाका बखत २०६८ मा प्रतिअमेरिकी डलरको भाउ ८० रुपैयाा थियो । अहिले १ सय १७ रुपैयाा पुगेको छ । आयोजना स्वदेशी लगानीमै बनाइएको भएपनि सामान भने विदेशबाट मगाउनुपर्ने भएकाले डलरको भाउ अकासिंदा असर परेको हो ।
डलरको भाउका साथै बैंकको ब्याजदरले पनि लागत बढेको आयोजनाको भनाइ छ । समयमै काम सकेको भए ब्याजमा आकलन गरेभन्दा बढी रकम खर्च हुदैनथ्यो । लागत र म्याद बढ्दा खासगरी यसका सेयर लगानीकर्ता बढी प्रभावित भएका छन् ।