बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कल्याण सेक्युरिटी सर्भिस प्रालिमा विभागको आकस्मिक अनुगमन

मंगलबार, माघ १३ २०७७

भारतको बाटो हुँदै अवैध रुपमा कतार प्रहरीमा नेपाली युवाहरुलाई पठाउन अन्तर्वार्ता लिएको भन्ने सूचनाको आधारमा काठमाडौँको सिनामंगल स्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा वैदेशिक रोजगार विभागले आकस्मिक अनुगमन गरेको छ ।

पछिल्लो समय सिनामंगलको कल्याण सेक्युरिटीबाट कतार जानको लागि दर्जनौं युवाहरुले कागज पत्र पेस गरेको भन्दै विभागमा सुचना पुगेको थियो । वैदेशिक रोजगार ऐन, २०६४ विपरित नेपाली युवालाई भारतको बाटो हुँदै अबैध रुपमा कतार पुलिसमा पठाउन लागिएको सुचना प्राप्त भएपछि विभागले आकस्मिक अनुगमन गरेको हो ।