बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ठग्न नपाउने भएपछि म्यानपावर व्यवसायी आन्दोलनमा

सोमबार, माघ १२ २०७७

काठमाडौं। राहदानी संकलन गरेर वैदेशिक रोजगारीमा जाने युवाहरुलाई ठग्दै आएका व्यवसायीहरु ठग्न नपाउने भएपछि अनुचित माग राखी आन्दोलनमा उत्रेका छन्।

वैदेशिक रोजगार विभागले गत पुस २२ गते वैदेशिक रोजगारीलाई मर्यादित एवं व्यवस्थित बनाउन सरोकारवाला व्यक्ति तथा व्यवसायीलाई आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको थियो। विभागको सोही सूचनालाई लिएर आफूहरुलाई अन्याय भएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आइतबार आन्दोलन गरेको छ।

विभागले सूचनामार्फत सरोकारवाला व्यक्ति तथा व्यवसायीलाई वैदेशिक रोजगारीमा छनौट भएपछि मात्र श्रमिकको सक्कल राहदानीलगायत आवश्यक कागजात लिन, कामदारसँग आर्थिक लेनदेन बैंकमार्फत गर्नलगायतका वैधानिक रुपले कार्य अनुरोध गरेको थियो। तर व्यवसायीलाई यही कुरा मन परेन।

राहदानी संकलन गर्न नपाउने भएपछि विरोधमा उत्रेका व्यवसायीको चित्त नबुझेको अर्को विषय धरौटीको रकम हो। विभागले वैदेशिक रोजगारीमा ठगिनेहरुलाई जुन म्यान पावर कम्पनीबाट विदेश गएको हो, उसकै धरौटीबाट रकम असुल गराउँदै आएको छ। यसरी धरौटीबाट ठगिएकाहरुको रकम असुल गराइदिएपछि व्यवसायी विरोधमा उत्रेका छन्।

विभागमा वैदेशिक रोजगारी व्यवसायी संघले आइतबार नै विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएको छ। संघले म्यान पावर कम्पनीको शाखा कार्यालय खोल्न पाउनुपर्ने, ठगीबारे मेलमिलाप समिति गठन गर्नुपर्ने, इजाजत नवीकरण गर्नुपर्ने, अनुगमनमा जाँदा सञ्चार माध्यमलाई सहभागी गराउनु नहुने, कोरोनाका कारण रोजगारी गुमाएकाहरुका बारेमा मेलमिलाप समिति गठन गरि समस्या समाधान गर्नुपर्ने लगायतका माग राखेका छन्। मेलमिलाप समितिमा संघको प्रतिनिधि हुनुपर्ने संघको माग छ।Notice.jpg