मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

दुई लघुवित्त मर्ज हुँदै, सम्झौता पत्रमा हस्ताक्षर

शुक्रबार, माघ ९ २०७७

 

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । एक आपसमा मर्जर तथा प्राप्तिका सम्बन्धमा दुई संस्थाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ ।

सम्झौतापत्रमा नेशनल माइक्रोफाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ । संस्थाले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै, महिला सहयात्रा लघुवित्तको चुक्तापूँजी ११ करोड छ। संस्थाले १८ जिल्ला वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।