बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौँमा आज लोडसेडिङ हुने, कुन–कुन स्थानमा कति घण्टा जाँदैछ बिजुली ?

बुधबार, माघ ७ २०७७

काठमाडौं । काठमाडौँ उपत्यकाका केही ठाउँमा आज लोडसेडिङ हुने भएको छ ।

ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पेट्रोल पम्प आसपासका क्षेत्रमा दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा लोडसेटिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  

लुभु एकको फिडर अन्तर्गत पर्ने बालकुमारी खरिबोट नजिकै रहेको एशियन पेन्ट्स नेपालको ट्रान्सफरमर जलेकोले सो ट्रान्सफरम मर्मतको लागि सटडाउन गर्नुपर्ने भएकाले एक घण्टा बिजुली जाने प्राधिकरणले जनाएको छ । 

यस्तै काठमाडौंको सुकेधारा, चण्डोल,  महाराजगंज, विशालनगर, चप्पल कारखाना, लोसाल आसपास एक बजेदेखि दुई बजेसम्म एक घण्टाको लागि विद्युत अवरुद्ध हुने प्राधिकरणको भनाइ छ । 

सो क्षेत्रको ओम फिडर अन्तर्गतको कुमारी मन्दिर एरियामा ट्रान्सफरमर इन्स्टलेसन गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले स्पष्ट पारेको छ ।