बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विदेशमा ३ ९ जना नेपालीको निधन, नयाँ भाइरस बिरुद्ध फाइजरको खोप लगाउन सकिने 

सोमबार, माघ ५ २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा  १ जना र साउथअफ्रीकामा १ जनाको  निधन भएको हो । 

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा  ३ सय १९ पुगेको  छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् ।

यो कुल संक्रमितको ९५ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना छ भने  २ लाख ६१ हजार ४४  जना अर्थात ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

नयाँ भाइरस बिरुद्ध फाइजरको खोप लगाउन सकिने 

2.jpg

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप ( कोरोनाभाइरस भेरियन्ट) विरूद्ध  अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ ।

स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार  पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको  कोरोना भाइरसको बिरूद्धमा प्रभावकारी हुने देखाएको हो ।  

कुल परीक्षणमध्ये कम्तीमा  १० ५ मा संक्रमण 

नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको  भएपनि स्वास्थ  सावधानी आवश्यक रहेको  स्वास्थ समितिले जनाएको  छ । हाल दैनिक  भैरहेका कुल परीक्षण गरेकामध्ये कम्तीमा  १० ५ मा संक्रमण  हुने गरेको पाइएको भन्दै समितिले  जोखिम कम नभएको  उल्लेख  गरेको छ ।

परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक  तथ्यांक के हो भन्न नसकिने  समितिले  बताएको छ ।समितिले मास्क,  भौतिक दुरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड  पालना गर्न  सुझाएको छ ।

3.jpg
आत्महत्या रोकथाम सम्बन्धी विशेष  भर्चुअल  कार्यशाला

बैदेशिक रोजगारीमा रहेका नेपालीमा  मनोरोग  बढ्न थाले पछि  संघ अन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथाम सम्बन्धी विशेष  भर्चुअल  कार्यशाला आयोजना गरेको छ ।

हालसम्म ३ कार्याशाला  सम्पन्न भैसकेको  छ  । सो कार्यशालामा मनरोग विशेषज्ञ डा विजय ज्ञवाली र डा रंजन थापाले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । विशेषतः मध्यपुर्व, मलेसिया लगायत  मुलुकका नेपालीले सहभागिता  जनाएका थिए ।