बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नवीनकुमार श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षक अवार्ड

मंगलबार, पुष २८ २०७७

काठमाडौं- तेक्वान्दोका प्रशिक्षक नवीन कुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका छन्। ललितपुरको सातदोबाटोस्थित कराते हलमा भएको पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत उत्कष्ट प्रशिक्षक अवार्ड नवीनले पाएका हुन्। नवीनले उसुका अमर कुमार थिङ, कराँतेका मदन उप्रेती, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन्।
१३औं सागमा तेक्वान्दोबाट नेपालले सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जित्दा नवीन प्रशिक्षक थिए। तेक्वान्दोमा नेपालका सबै २९ जना खेलाडीले पदक पाएका थिए। उनी चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप नेपालले खेल्दा टिमका प्रशिक्षक थिए। वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका नवीनले एक थान पल्सर पोटरसाइकल पाएका छन्।