काठमाडौ, मंसिर २ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले आ.व.२०७५÷७६ का लागि नेपाल पूनर्बीमा कम्पनी लिमिटेडमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मानपत्र प्राप्त गरेको छ ।
उक्त सम्मानपत्र नेपाल पूनर्बीमा कम्पनीको छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदान गरेका हुुन । आईएमईले देशै भरि ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सम्पूर्ण नेपालीमाझ उत्कृष्ट सेवा पुर्याउदै आएको छ ।
त्यसैगरि कम्पनीले घातक रोग विरmद्ध उपचार खर्च, लघुवीमा, सामुहिक वीमा लगायत वीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका वीमा योजना प्रचलनमा ल्याएको छ ।
र, निकट भविष्यमा समेत सम्भावित ग्राहक एवं वीमितहरmको चाहना अनुरmप नौला एवं लाभदायक बीमा योजनाहरm प्रस्तुत गर्ने र थप शाखा तथा उपशाखा कार्यालयहरm मार्फत सेवा विस्तार गरि जीवन वीमाको पहुंच वृद्धि गर्ने लक्ष्य लिएको छ ।