बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

व्यवस्थापनमा असफल सीईओका कारण सांग्रिला बैंक धराशायी !

सोमबार, कार्तिक २५ २०७६

काठमाडौं । बैंकिङ क्षेत्रमा असफल भएका सुयोग श्रेष्ठका कारण सांग्रिला डेभलपमेन्ट बैंक धराशायी हुुने सम्भावना बढेर गएको छ । विगतमा एस. डेभलपमेन्ट बैंकमा समेत काम गरेका श्रेष्ठ त्यहाँ बदनियतपूर्ण रूपमा काम गरेपछि लामो समयसम्म खाली बसेका थिए ।

उक्त बैंक नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिइसकेको छ ।  विगतमा एस डेभलपमेन्ट बैंकमा गलत काम गरेकै कारण नेपाल इन्भेष्टमेन्टले श्रेष्ठलाई नलिएको हो, स्रोतले भनेको छ ।

सोपश्चात् सांग्रिला डेभलपमेन्ट बैंकका केही सञ्चालकहरूलाई प्रलोभनमा पारेर श्रेष्ठ उक्त बैंकको प्र्रमुुख कार्यकारी अधिकृत बन्न सफल भएका थिए ।

तर अहिले भने श्रेष्ठलाई बैंकको व्यवस्थापन प्रमुुखको जिम्मेवारी दिइनुु चोरलाई तालाचाबी सुम्पिएजस्तै भएको दुुखेसो केही सञ्चालकहरूले गर्न थालेका छन् ।

प्रमुुख कार्यकारी अधिकृत श्रेष्ठको सम्झौताअनुसारको कार्यकाल अझै बाँकी रहेकाले तत्काल उनलाई हटाउन पनि नसकिने र यदि नहटाएको खण्डमा बैंक नै धराशायी हुुन सक्ने खतरा बढ्दै गएको समेत केही सञ्चालकहरूले बताउन थालेका छन् ।

स्रोतका अनुसार प्रमुख कार्र्यकारी श्रेष्ठले आफन्त र आफ्नो नजिकका व्यक्तिहरूले प्रस्ताव गरेका केही परियोजनाहरूमा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कमिसन र व्यक्तिगत लाभसमेत लिएर प्रवाह गरिएको ती कर्जाबाट हाल नियमित रूपमा आउनुुपर्ने साँवा–ब्याजसमेत आउन सकेको छैन ।
 यसले गर्दा आगामी समय बैंकको खराब कर्जा उच्च रूपमा बढ्न सक्ने देखिएको छ । यसले गर्दा बैकले आम्दानीको ठूलो हिस्सा सम्भावित जोखिम व्यवस्थापन (प्रोभिजन ) शीर्षकमा छुट्याउनुुपर्ने हुँदा आम सेयर लगानीकर्ताहरूले पाउने लाभांश न्यून हुुने सक्ने देखिएको छ । 

प्रमुुख कार्यकारी श्रेष्ठले केही कर्जा प्रवाहमा पनि केही सीमित व्यक्तिहरूलाई अगाडि सारेर मात्र कर्जा प्रवाह गर्ने र कर्जा प्रवाह गरिएको रकममध्येबाट सेवा शुल्कबाहेक छुुट्टै कमिसनसमेत लिने गरेका छन् ।

तर यो कमिसन श्रेष्ठले आफैंले नभई आफ्ना केही व्यक्तिहरूमार्फत गोप्यता कायम गरेर लिन्छन्, स्रोतले भनेको छ । यसबाहेक प्रमुुख कार्यकारी श्रेष्ठले बैंकले लिलाम गर्ने विभिन्न चल अचल सम्पत्ति बिक्री गर्दा पनि आफूले खडा गरेको विभिन्न व्यक्तिमार्फत बिक्री गर्ने र त्यसबाट सेटिङ लाखौं रुपैयाँ खाने गरेका छन् ।

यसले गर्दा श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी भएर आएको केही वर्षको उनको आर्थिक हैसियत अशोभनीय रूपमा बढेर गएको उनी निकट स्रोतले बताएको छ ।

यदि यही स्थिति कायम रहेर प्रमुुख कार्यकारी श्रेष्ठलाई स्वतन्त्र रूपमा काम गर्ने दिने हो भने बैंक धराशायी नै पारेर छोड्नेछन्, स्रोतले भनेको छ ।

विवादास्पद रवि केसीसँग हिमचिम सांग्रिलाका सीईओ सुयोग श्रेष्ठ कुनै बेला एस. डेभलपमेन्टमा काम गर्थे । एस.मा उनको विवादि छवि बनेपछि एस. इन्भेष्टमेन्टमा गाभिने बेला उनलाई कसैले पत्याएन ।

दुई बैंक आपसमा गाभिए तर सुयोगले त्यहाँ स्थान पाउन सकेनन् । त्यसपछि उनी मैतीदेवी चौकतिर धेरै समय हल्लिँदै हिँड्न थाले । कताकताबाट ज्याक भिडाएर सुयोगले सांग्रिलामा प्रवेश पाए ।

सुयोगलाई चिनेकाहरू समेत उनलाई सांग्रिलाले पत्याएको देखेर जिब्रो टोके । चम्चागिरीमा विशेष रुचि राख्ने सुयोगका प्रमुख चम्चाका रूपमा अहिले रवि केसी नामक कर्मचारी क्रियाशील छन् ।

केसी कुनै बेला कान्तिपुर पब्लिकेसनमा काम गर्थे । कान्तिपुरमा अनियमितता गरेको विषय थाहा भएपछि उनी त्यहाँबाट जागिर छाड्न बाध्य भए । कान्तिपुरबाट सुरक्षित बहिर्गमन गरेर रवि एनआईसी एशिया बैंकमा जागिर खान थाले ।

एनआईसी एशियाका गोप्यता खोल्न थाले । बैंकको चौमासिक रिपोर्टहरू पनि विभिन्न दलालहरूलाई चुहाउन थालेपछि केसी एनआईसीमा आँखाको कसिंगर बने ।

आर्थिक लाभ र आफूभन्दा माथिका हाकिमलाई रिझाउनुपर्ने देखेपछि उनी तुरुन्तै छक्कापञ्जा गर्न थालिहाल्ने प्रवृत्तिका रहेको थाहा भइहाल्यो । केसीको यस्तो छेपारे प्रवृत्ति थाहा भएपछि अब उनी एनआईसीमा पनि नअटाउने निश्चित भयो ।

यत्तिकैमा रविमाथि सुयोग श्रेष्ठको आँखा प¥यो । आफ्नो स्वार्थ पूरा गर्न नैतिक अनैतिक सबैखाले काम गर्ने ‘हनुमान’ को खोजीमा थिए सुयोग । सुयोगले खोजेजस्तै पात्र रवि नै भेटिए । त्यसपछि सुरु भयो, यी दुईको कबड्डी ।

अहिले सुयोगका सबैखाले अनियमित कामको जिम्मेवारी रविले लिएको स्रोतको दाबी छ । बैंकको गोप्य सूचना बिक्री गर्नेदेखि कसलाई ऋण दिने, ऋण दिँदा कसरी आफ्नो कमिसन निश्चित गर्नेजस्ता कामको जिम्मेवारी रविले लिएका छन् । 

पदीय मर्यादाका कारण सुयोगले सोझै कमिसन लिँदैनन् । सुयोगको मुखसम्म कमिसनको चास्नी पुु¥याउने चम्चा हुन् रवि । रविकै सहारामा सुयोगले छक्कापञ्जा सबै भ्याउने गरेको विश्वस्त स्रोतको दाबी छ ।

यो विषय बैंकका माथिल्लो तहका अधिकृतहरूमा गाईगुईँ चलिरहेको छ । तर सीईओसँग जोरी खोज्नुभन्दा आफू बचेर काम गर्नु नै बुद्धिमानी हुने निष्कर्ष तल्लो तहका कर्मचारीहरूले फ्राइडे जमघटमा निकालेका छन् ।

यो समचार आजको अमृत बजार साप्ताहिकमा छापिएको छ ।