बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नक्कली नोट सहित पक्राउ

आइतबार, कार्तिक २४ २०७६

बारा, कात्तिक २४  । जितपुर सिमरा उपमहानगरपालिका १ पथलैयाबाट १ हजार दरको १ थान र ५ सयको दरको १ थान नक्कली नोट सहित चितवन रत्ननगर नगरपालिका २ बस्ने ३५ वर्षीय गोकर्ण खतिवडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पथलैयास्थित पेट्रोल पम्पमा ना.६ ख ३३५२ नम्बरको ट्रकमा तेल हालेर पैसा दिने क्रममा ट्रक चालक गोकर्णले उक्त नक्कली नोट दिए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको   हो । 

यसैगरी बारा, पचरौता नगरपालिका ५ बेल्दारीबाट भारत मोतिहारी पचपोखरीया बस्ने सुनिल कुमार यादव र सोही ठाउँ बस्ने राजा बाबु कुमारलाई १ हजार दरको नक्कली नोट १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित अमन एण्ड सुमन आयल स्टोरमा नम्बरप्लेट नभएको मोटरसाइकलमा तेल हाली उनीहरुले उक्त नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नोट र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।