बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चिनियाँ प्राविधिक टोलीद्वारा दैलेखमा पेट्रोलियम अन्वेषण सुरु

मंगलबार, कार्तिक १९ २०७६

काठमाडौं कात्तिक, १९– पेट्रोलियम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि दैलेख आएको चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको छ ।

दुई देशबीचको सम्झौता अनुरुप यहाँ आएको टोलीले सिस्मिक, जिओलोजिकल र म्याग्नेट सर्वेलगायतका कामहरु सुरु गरेको हो ।

प्रारम्भिक चरणको अध्ययन गरिसकेको अनुसन्धान टोलीले अब ३ महिना जिल्लामै बसेर अन्वेषण गर्नेछ ।

यसका लागि प्राविधिक टोलीले आफ्नो बेस क्याम्प नै निर्माण गरिसकेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।