काठमाडौं, कात्तिक १७ । दराजले सबैभन्दा ठूलो सेल ११.११ को तयारी गरेको छ । बिश्व कै सबैभन्दा ठूलो सेल अलिबाबाको ११.११ सेल नजिकिँदै गएको छ । यसअघि चीनमा मात्र सीमित उक्त सेल अहिले संसारभरि एउटा मनोरञ्जनात्मक सेल डेको रुपमा चिनिन गएको छ ।
यो सेल अहिले अलिबाबासँग सम्बधित देशहरु तथा दराजले व्यापार गर्ने नेपाललगायत अन्य देशहरुमा पनि हरेक वर्ष नोभेम्बर ११ को दिन हुने गर्दछ ।
अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात् २०७५ कात्तिक २५ गते नेपालमा ११.११ आयोजित गरेको थियो ।
उक्त दिनमा दराजले साधारण दिनभन्दा ८० गुणा बढी व्यापार देखेको थियो । साथै दुई लाखभन्दा बढी उपभोक्ताहरु, एक हजारभन्दा बढी बिक्रेता तथा ब्रान्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । त्यो नेपालको सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव हुनपुगेको थियो ।
नेपालमै पहिलोचोटि विद्युतीय भुक्तानी सेवा सुरु गरेर दराजले यसपालिको ११.११ सेललै अझै ठूलो बनाउने भएको छ । यस एक दिने महाअभियानको बारेमा दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिंग भने, ‘पूर्व सालको सफलता तथा परिणामहरूबाट सिक्दै यसपालि हामी उपभोक्ताहरुलाई झनै राम्रो र साँच्चै रमाइलो एक दिनको सेलको अनुभूति दिन चाहन्छौं ।
हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रदान गर्न अझै बढी जनशक्ति तथा सामानहरु थपेका छौं । इन–एप गेमहरु, मेगा भौचरहरु, उपहारहरु, र खास छुटहरु तथा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण हुने रमाइलो भिडियोहरुले गर्दा यो यस वर्षकै ठूलो हाइलाइट हुने अनुमान छ ।’
यस सालको ११.११ अभियानमा दराजसँग तीन हजारभन्दा बढी बिक्रेता गरी तीन लाखभन्दा बढी सामानहरु तथा चार लाखभन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने अनुमान छ । त्यस दिनमा मात्र हुने एक लाख अपेक्षित अर्डरहरुको लागि तयारी गर्न दराजले चार सय थप डेक्स हेरोहरु (दिलिभरी राइडर) तथा ५० जना थप कस्टमर केयर एजेन्टहरु थपेको छ ।
साथै दराजले नेपाल भरिका दराजहबहरुमा कलेक्सन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ । उपभोक्ताहरुले आफूले पहिले पैसा तिरिसकेको सामानहरु आफूलाई सजिलो पर्ने समयमा आफू नजिकैको दराज हबबाट लिन सक्छनेछन् ।
यसले गर्दा वितरण फी तिर्नुपर्दैन । यसका साथसाथै सामानको गुण्स्तर चेक गर्न दराजमा अझै धेरै फिचरहरु पनि थपिएका छन् । इमेज रिभ्यु र सेलरसँग प्रत्यक्ष च्याट गर्न मिल्ने सेवा लगायतका फिचरहरु थपिएको दराजले जनाएको छ ।
यी फिचरहरुले उपभोक्ताहरुलाई सटिक सामान छान्न निकै सहयोग पुग्नेछ ।