बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

२१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको लागि लगानी जुट्यो

शनिबार, कार्तिक १६ २०७६

रसुवामा निर्माण हुने २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । आयोजनामा  अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी)को नेतृत्वमा ९ विदेशी बैंक तथा वित्तीय संस्थाले  शुक्रबार ४५३ मिलियन डलर अर्थात  ५१ अर्ब १८ करोड रुपैयाँ लगानीका लागि ऋण लगानी सम्झौता गरेका छन् । 
 
आयोजनामा विश्व बैंक अन्तर्गतको अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी)ले १६ करोड १० लाख डलर ऋण लगानी गर्ने सम्झौता गरेको छ । त्यसैगरि कोरियाली निर्यात आयात (एक्जिम) बैंकले १०० मिलियन डलर र चीनको नेतृत्वमा स्थापित एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले ४० मिलियन अमेरिकी डलर लगानी गन भएको छ ।
 
एसियाली विकास बैंकको पनि ६० मिलियन डलरसहित कोरिया, नेदरल्यान्ड तथा फ्रान्सका विभिन्न तीन बैंक र युकेको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी)ले पनि यसमा लगानी गर्दैछन् । 
 
६४ करोड ७४ लाख डलर अर्थात् ६४ अर्ब रुपैयाँभन्दा बढी लागत रहेको यो आयोजामा १९ अर्बको संस्थापक सेयर छ भने बाँकी लगानी ऋणस्वरुप जुटाइएको छ । 
 
प्रवद्र्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट (एनडब्लूइडीसी)मा स्वपुँजीतर्फ कोरियाली सरकारी कम्पनी कोरिया साउथ इष्ट पावर लिमिटेडेको ५२ प्रतिशत, आईएफसीको १२ प्रतिशत,  कोरियाली कम्पनी डालिम इष्डट्रिजको १६ प्रतिशत र क्यायोङ कन्स्ट्रक्सनको १० प्रतिशत सेयर रहने छ ।
 
  त्यसैगरी स्वदेशी जेड पावर कल्सल्टसहित स्थानीयवासीको १० प्रतिशत सेयर लगानी रहनेछ । लगानी भित्रिएको आधारमा भने यो अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी लगानीको परियोजना हो । 
 
 
प्रवर्धक कम्पनीले २००७ मा यो आयोजनाको लाइसेन्स लिएको थियो । गत वर्षको चैतमा नै सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि लगानीको अभावमा यो आयोजना अहिलेसम्म अघि बढ्न सकेको थिएन । अबको केहि महिनापछि निर्माण सुरु हुने यो आयोजना २०२४ को मार्चमा निर्माण सम्पन्न गर्ने  प्रवर्धकको योजना छ।