बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नियन्त्रित लागूऔषध सहित पक्राउ

बिहिबार, कार्तिक ७ २०७६

काठमाडौं । नवलपरासीको (पश्चिाम), पाल्हीनन्दन गाउँपालिका ५ भगतपुराबाट चितवन भरतपुर महानगरपालिका ४ बस्ने १९ वर्षीय सुरज परियारलाई नियन्त्रित लागूऔषध नुर्फिन १ सय ३८ एम्पुल, डाइजेपाम १ सय ३८ एम्पुल र फेनारगन १ सय ३८ एम्पुल सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुरजलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी कै (पूर्व),कावासोती नगरपालिका १६ तिनघरेस्थित पूर्वपश्चिम राजमार्गबाट ओखलढुङ्गाफेदि गोठ गाउँपालिका ४ चम्पादेबी बस्ने २१ वर्षीय राज कुमार कार्कीलाइ नियन्त्रित लागूऔषध बुप्रिनुर्फिन २२ एम्पुल, फेनरागन २२ एम्पुल र डाईजेपाम २१ एम्पुल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.६ ख ७११५ नम्बरको बस जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।