मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

यु–१९ एसिया कपका लागि नेपालको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

आइतबार, कार्तिक ८ २०८३

काठमाडौं । आगामी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपालले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रतियोगितालाई लक्षित गर्दै प्रारम्भिक टोली सार्वजनिक गरेको हो।

प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पोखरामा सुरु हुनेछ। प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन, क्षमता र खेल कौशलका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ।

प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन्।

त्यस्तै, दर्श सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल दङ्गाल, राहुल हक, दीपक सेमेला र रोशन शाहीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन्।

बन्द प्रशिक्षणमा खेलाडीको प्रदर्शन मूल्याङ्कन गरेपछि एसिया कपका लागि अन्तिम टोली छनोट गरिनेछ। प्रतियोगितामा नेपालको प्रदर्शन सुधार गर्ने लक्ष्यसहित युवा खेलाडीलाई तयारीमा जुटाइनेछ।