काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन्।
लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौंमा हवाईजहाज चढेर धनगढी पुगेका हुन्। धनगढीबाट उनीहरू भारततर्फ जाने कार्यक्रम रहेको छ। उनीहरूको साथमा मन्त्री प्रतिभा रावल पनि रहेकी छन्।
लामिछानेको सचिवालयले भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेको छ।
भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित प्रसिद्ध कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।