सिन्धुली । बिपी राजमार्ग आज कात्तिक २ गते बिहानैदेखि सञ्चालनमा रहेको छ। राजमार्गमा सवारी चापसमेत कम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र सिन्धुलीले जनाएका छन्।
काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या घटेसँगै बिपी राजमार्गमा सवारी आवागमन सहज भएको ट्राफिक प्रहरीले जनाएको छ।
राजमार्गमा सवारी चाप कम रहेकाले यात्रुले सहज रूपमा आवतजावत गर्न सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।