मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आन्द्रे रसेलले तेस्रो संस्करणको एनपीएल खेल्ने

आइतबार, कार्तिक १ २०८३

काठमाडौं । वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् ।

विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनले विराटनगरको टोलीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । टी–२० क्रिकेटमा अनुभवी रसेलले ब्याट र बल दुवैबाट खेलको नतिजा बदल्न सक्ने क्षमता राख्छन् ।

रसेलको अनुबन्धसँगै तेस्रो संस्करणको एनपीएलमा अन्तर्राष्ट्रिय खेलाडीप्रतिको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ ।