मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

लिग–२ मा आज नेपाल र क्यानडा भिड्दै, जिते छैटौँ स्थान पक्का हुने

शनिबार, असोज ३१ २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दै छ।

अल अमेरातस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपालले शृङ्खलामा यसअघि खेलेका दुवै खेल जितेको छ। नेपालले पहिलो खेलमा क्यानडालाई र दोस्रो खेलमा घरेलु टोली ओमानलाई पराजित गरेको थियो। लगातार दुई जित निकालेको नेपाल आजको खेलमा पनि जित निकाल्दै लिग–२ को अंकतालिकामा छैटौँ स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ।

लिग–२ को अंकतालिकामा नेपाल छैटौँ स्थानमा छ। नेपालले ३४ खेलबाट २८ अंक जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाको भने ३५ खेलबाट २७ अंक छ।

क्यानडाले शृङ्खलाको सुरुवाती खेलमा ओमान र नेपालसँग हार बेहोरेको थियो। त्यसपछि बिहीबार भएको खेलमा ओमानलाई पराजित गर्दै क्यानडाले पुनरागमन गरेको थियो।

क्यानडाले ओमानलाई हराएपछि नेपालको शीर्ष ६ मा रहने सम्भावना तत्कालै सुनिश्चित हुन सकेको छैन। त्यसैले आजको खेल नेपालका लागि अंकतालिकामा आफ्नो स्थान सुरक्षित गर्ने महत्वपूर्ण अवसर बनेको छ।

आज क्यानडालाई पराजित गरेमा नेपालले लिग–२ को अंकतालिकामा छैटौँ स्थान पक्का गर्नेछ। तर, क्यानडासँग पराजित भएमा नेपालले अन्तिम खेलमा सोमबार ओमानलाई हराउनुपर्नेछ।

नेपालले पछिल्ला दुई खेलमा देखाएको प्रदर्शनलाई निरन्तरता दिन सके छैटौँ स्थान सुरक्षित गर्ने अवसर छ। यता क्यानडा पनि जित निकाल्दै अंकतालिकामा नेपालको स्थानलाई चुनौती दिने लक्ष्यमा मैदान उत्रनेछ।