मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

हिमालयन लाइफको वरिष्ठ डीसीईओमा कवि फुयाँल

सोमबार, असोज २६ २०८३

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ७९ औँ बैठकले फुयाँललाई वरिष्ठ डीसीईओमा नियुक्त गर्दै कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीसमेत दिने निर्णय गरेको हो।

कम्पनीका अनुसार फुयाँललाई असोज २६ गते अर्थात सोमबारदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवारी दिइएको हो । यसअघि फुयाँल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

उनले उक्त पदबाट राजीनामा दिएपछि हिमालयन लाइफको उच्च व्यवस्थापकीय नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्।