काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेश यात्रामा जाने ग्राहकका लागि अमेरिकी डलर साट्ने सुविधा उपलब्ध गराएको छ।
बैंकका अनुसार यात्रुहरूले आफ्नो यात्रा सुरु गर्नुअघि आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्।
यो सुविधा उपत्यकाभित्र रहेका बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ।
थप जानकारीका लागि ग्लोबल कनेक्टको फोन नम्बर +९७७ १ ५९७०६०० वा इमेल globalconnect@gibl.com.np मा सम्पर्क गर्न सकिनेछ।