काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर आज ४ हजार ४२५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।