मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

म्याक्स टाइगरको ‘दशैं धमाका’, क्यानमै कार, बाइक र स्कुटरको सरप्राइज

शनिबार, असोज १७ २०८३

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैंलाई लक्षित गर्दै ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत उपभोक्ताले इनर्जी ड्रिंकसँगै यामाहा मोटरसाइकल तथा स्कुटर र प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो । कम्पनीका अनुसार अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिनेछ ।

अभियोजनअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन् । त्यस्तै, बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन् । त्यस्ता क्यान देशभर वितरण गरी अभियानलाई उपभोक्तामाझ पुर्‍याउने तयारी गरिएको कम्पनीले जनाएको छ ।

म्याक्स टाइगरका अनुसार ‘दशैं धमाका २०२६’ मार्फत उपभोक्ताले उत्पादन खरिदसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीको भनाइ छ ।

दशैंको किनमेल, भेटघाट र उत्सवको माहोललाई थप रोमाञ्चक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । देशभर वितरण हुने पुरस्कारयुक्त क्यानमार्फत उपभोक्तालाई पुरस्कार जित्ने अवसरसँग जोड्ने तयारी गरिएको छ ।

अभियानसँगै म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै आफूलाई कार, मोटरसाइकल वा स्कुटरमध्ये कुनै पुरस्कार पर्न सक्ने उत्सुकता रहने कम्पनीले जनाएको छ ।