नेप्से पुन घटेको छ । अघिल्लो दिन शुन्य दशमलव २६ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार ११ दशमलव ९० अंकले घटेर २५ सय ८७ दशमलव २५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७४ अंकले घटेर चार सय ६३ दशमलव शुन्य दुई अंकमा पुगेको छ।
नेप्सेमा आज तीन सय ५६ वटा कम्पनीहरुको ४३ हजार छ सय ८५ पटकको कारोबारमा एक करोड १९ लाख १२ हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम चार अर्ब २९ करोड ३७ लाख ७४ हजार एक सय ८१ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा व्यापार समुहको सुचक १९ दशमलव ६३ अंकले बढेर तीन हजार दुई सय ३९ दशमलव ६१ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य चार अंकले बढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ५१ अंकले घटेर १४ सय ९४ दशमलव ४७ अंकमा झरेकोम जलबिद्युत समुहको सुचक पनि २२ दशमलव ९० अंकले घटेर तीन हजार पाँच सय २६ दशमलव ६३ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ३५ दशमलव २० अंकले घटेर ११ हजार छ सय ५१ दशमलव ७१ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ७२ अंकले घटेर नौं हजार चार सय ५८ दशमलव १७ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी बैंकको ऋणपत्र २०८९/०९० परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिन्धु बिकास बैंक परेको छ । एसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिद्धार्थ बैंकको ऋणपत्र २०८९ परेको छ।