मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा

बुधबार, असोज १४ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आगामी १७ असोजमा बस्ने भएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली चमतीस्थित घण्टीघरमा दिउँसो ३ बजे बस्नेछ।

बैठकमा उपस्थित हुन पार्टीका सबै केन्द्रीय समिति सदस्यलाई अनुरोध गरिएको छ।

बैठकमा छलफल हुने विषय अर्थात् एजेन्डा भने सार्वजनिक गरिएको छैन।