मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

दुई दिनमा सुनको मूल्य करिब ९ हजारले घट्यो

मंगलबार, असोज १३ २०८३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो दुई दिनमा करिब रु. ९ हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु. ५ हजारले घटेको सुनको मूल्य मंगलबार थप रु. ३ हजार ८०० ले घटेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला रु. २ लाख ९० हजार ५०० मा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला रु. २ लाख ९४ हजार ३०० कायम थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि पछिल्लो दुई दिनमा प्रतितोला रु. २६० ले घटेको छ । सोमबार रु. १४५ ले घटेको चाँदीको मूल्य मंगलबार थप रु. ११५ ले घटेको हो ।

महासङ्घका अनुसार मंगलबार चाँदी प्रतितोला रु. ४ हजार ३९५ मा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यका आधारमा सुन तथा चाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।