मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो आज ?

आइतबार, असोज ११ २०८३

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा आज सुनको मूल्य ७०० रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको चाँदी आज बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यससँगै नेपाली बजारमा सुनको मूल्य फेरि ३ लाख रुपैयाँको नजिक पुगेको छ।