मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सुनको मूल्य ५ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

शुक्रबार, असोज ९ २०८३

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९८ हजार ६ सय रुपैयाँमा झरेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।