काठमाडौं । काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो तथा ऐतिहासिक सांस्कृतिक उत्सव इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
नेपाली मौलिक कला, संस्कृति, परम्परा तथा समुदायसँगको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई उजागर गरिएको थियो। कार्यक्रममा युवापुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिन प्रेरित गर्ने विषयमा समेत जोड दिइएको थियो।

इन्द्रजात्राको जीवन्त वातावरण, सांस्कृतिक विविधता र ऐतिहासिक गरिमालाई थप उत्साहपूर्ण बनाउन विभिन्न सांस्कृतिक गतिविधि प्रस्तुत गरिएको आयोजकले जनाएको छ। स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनलाई कार्यक्रमको प्रमुख पक्षका रूपमा अघि सारिएको थियो।
एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहकार्य र सहभागिता जनाउँदै आएको जनाएको छ। कम्पनीका अनुसार यस्ता गतिविधिमार्फत सामाजिक उत्तरदायित्वलाई नेपाली मौलिक संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनसँग जोड्ने प्रयास गरिएको हो।

हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक परिवेशमा आयोजित कार्यक्रमले इन्द्रजात्राको सांस्कृतिक माहोलमा थप रौनक ल्याएको आयोजकको भनाइ छ।