मुक्तिनाथ विकास बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहकका लागि विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले घर कर्जा योजना अन्र्तगत आधार दरमा अधिकतम +०.२५ प्रतिशतसम्मको विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवास सम्बन्धी आवश्यकताका लागि कर्जा उपलब्ध गराउने जनाएको छ।
योजनाअन्तर्गत ग्राहकले घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । पहिलो घर कर्जा लिने ग्राहकका हकमा भने घरजग्गाको मूल्याङ्कनको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकले जनाएको छ।
नेपालीहरूको प्रमुख चाडपर्वको अवसरमा आफ्नै घर निर्माण वा खरिद गर्ने योजना बनाएका ग्राहकलाई लक्षित गरी योजना ल्याइएको बैंकले जनाएको छ । प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध हुने भएकाले घर निर्माण तथा खरिद गर्न चाहने ग्राहकलाई यसबाट सहज हुने बैंकको विश्वास छ । विशेष घर कर्जा योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुनेछ । उक्त अवधिपछि बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जाका अन्य शर्तहरू लागू हुनेछन्।
बैंकका अनुसार उक्त कर्जा सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखाबाट उपलब्ध हुनेछ । इच्छुक ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनाका साथै कर्जा प्रक्रियासम्बन्धी थप जानकारी लिन सक्नेछन् । यसैबीच, मुक्तिनाथ विकास बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका लागि समेत विशेष योजनाहरू सञ्चालनमा ल्याएको जनाएको छ।