काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेता आज छनोट हुने भएका छन् ।
आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका ३१ जना दैनिक विजेता र दुई जना बम्पर विजेता छनोट गरी घोषणा गर्न लागिएको हो ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो । स्थगित कार्यक्रम आज गर्न लागिएको विभागले जनाएको छ ।