मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

भदौ ३१ देखि एःन्इ साउथ एसिया फाइनल्स, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

मंगलबार, भाद्र ३० २०८३

काठमाडौँ । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा एःन्इ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ । प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौँस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई प्रतियोगिताले थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधिभर दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन समेत सञ्चालन गरिनेछ । उक्त जोनमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणलगायत कार्यक्रम सञ्चालन हुनेछन् ।

त्यसैगरी, एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज तथा एक्स्ट्रिम फोटो एन्ड कन्टेन्ट जोन सञ्चालन गरिने आयोजकले जनाएको छ । यी गतिविधिले प्रतियोगितामा सहभागी दर्शकलाई थप मनोरञ्जन तथा रोमाञ्चक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

चार दिनसम्म सञ्चालन हुने एःन्इ साउथ एसिया फाइनल्स २०२६ ले प्रतियोगितासँगै दर्शकलाई मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसर प्रदान गर्ने आयोजकको विश्वास छ । प्रतियोगिताले नेपालमा ई–स्पोर्ट्स तथा गेमिङ संस्कृतिको विकास र प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।