मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

प्रधानमन्त्री राहत कोषमा १४ अर्बभन्दा बढी मौज्दात, बाढीपीडितका लागि १ अर्ब निकासा

मंगलबार, भाद्र ३० २०८३

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ मौज्दात रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै, कोषका अन्य दुईवटा बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

यसैबीच, केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो ।

कोषमा विभिन्न व्यक्ति, संस्था तथा निकायबाट प्राप्त सहयोग रकम जम्मा हुँदै आएको छ । विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि कोषको रकम परिचालन गरिँदै आएको छ ।