मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

हुन्डाई नेपालको दशैं–तिहार अफर :  तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने मौका

मंगलबार, भाद्र ३० २०८३

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष अफर “हुन्डाई फेस्टिभ ड्राईभ २०८३” घोषणा गरेको छ । कम्पनीले ग्राहकलाई आकर्षक नगद छुटसँगै स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू उपलब्ध गराउने जनाएको छ।

अफरअन्तर्गत हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले रु. ३ लाखसम्मको नगद छुट पाउनेछन् । त्यस्तै, स्क्र्याच कार्डमार्फत रु. ५ लाखसम्मको थप नगद छुट जित्ने अवसर समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त, गाडी खरिदमा ग्राहकले एक वर्षको निःशुल्क मोटर इन्स्योरेन्स र एक वर्षको निःशुल्क रोड ट्याक्स सुविधा प्राप्त गर्नेछन् । कम्पनीले ग्राहकलाई गाडी खरिदसँगै दीर्घकालीन सुविधा र सहज स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यले यी सुविधा ल्याएको जनाएको छ । हुन्डाईका प्रत्येक गाडीमा तीन वर्षको वारेन्टी र छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले ग्राहकलाई गाडीको मर्मतसम्भारमा थप सहजता र आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ।

दशैं, तिहार तथा छठको अवसरमा ल्याइएको यो विशेष अफर भदौ २३, २०८३ देखि लागू भएको कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकलाई नजिकैको हुन्डाई शोरुममा पुगेर “ हुन्डाई फेस्टिभ ड्राईभ २०८३ २०८३” अन्तर्गतका आकर्षक छुट तथा सुविधाको लाभ लिन आग्रह गरेको छ । पर्वको समयमा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ल्याइएको यो योजनाले हुन्डाईको गाडी खरिदलाई थप आकर्षक र किफायती बनाउने कम्पनीको विश्वास छ।