बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘स्याँङजाको बनैमा’ सार्वजनिक

बुधबार, असोज १५ २०७६

काठमाडौं । पछिल्लो समय नेपाली लोक संगीतले निकै फड्को मारेको छ । वास्तवमा नेपालीको गीत संगीत नै लोक गीत हो । आजको दिनसम्म लोक संगीतमा कुनै पनि पुर्णविराम लागेको छैन ।

लोक संगीत नेपालीको पहिचान नै हो । बजारमा नयाँ नयाँ लोक संगीत सार्वजनिक हुने क्रम जारी नै छ । करोड क्लवलाई लक्षित गर्दै दिनहुँ लोक संगीतहरु आईरहेका छन् ।

त्यसै क्रममा ‘स्याँङजाको बनैमा’ वोलको सालैजो गीत सार्वजनिक भएको छ । गीतमा पछिल्लो समय निकै चर्चित गीत ‘फूल जस्तै’का गायक बिबि गुरुङ (बल बहादुर) र गायिका भिमकला गुरुङले स्वर दिएका छन् ।

जसलाई टिका गुरुङले शब्द लेखेका हुन् भने, गायिका भिमकला गुरुङले नै संगीत भरेकी हुन् । गीतको संगीत संयोजन जुजु गुरुङले गरेका छन् ।
‘स्याँङजाको बनैमा’ सालैजो गीतको म्युजिक भिडियो क्वालेटी फिल्सले निर्माण गरेको छ ।

जसलाई उमेश गुरुङले निर्देशन गरेका छन् । भिडियोमा मोडलद्धय निर गुरुङ, छनु गुरुङ र साथीहरुको अभिनय तथा नृत्य रहेको छ ।

गीतको म्युजिक भिडियोलाई मधुर वस्नेतले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन् । ‘स्याँङजाको बनैमा’ सालैजोलाई क्वालेटी फिल्सकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।