नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन १५ दशमलव ४७ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार पनि १३ दशमलव ८५ अंकले घटेर २५ सय ३१ दशमलव ५५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४० अंकले घटेर चार सय ४९ दशमलव ९३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४१ वटा कम्पनीहरुको ४४ हजार एक सय ९८ पटकको कारोबारमा एक करोड पाँच लाख ८८ हजार छ सय ५३ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब नौं लाख ७१ हजार आठ सय ९८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ९३ अंकले घटेर १४ सय ३७ दशमलव ९६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १९ दशमलव ४७ अंकले घटेर तीन हजार चार सय ७७ दशमलव ८८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १९ दशमलव ३२ अंकले घटेर ११ हजार एक सय ८९ दशमलव ७८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ७३ दशमलव ३० अंकले घटेर नौं हजार दुई सय ६२ दशमलव ३१ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लिर्वर्टी इर्नर्जी कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिन्धु बिकास बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने लिर्वर्टी इर्नर्जी कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।