विनाशकारी बाढीले रसुवा लगायत देशका विभिन्न भागमा ठूलो क्षति पुर्याउँदै कैयौँ परिवारलाई घर, सम्पत्ति र कतिपय अवस्थामा आफ्ना प्रियजनसमेत गुमाउन बाध्य बनाएको छ । विपत्तिपछिका दिनहरूमा क्षतिको वास्तविक स्वरूप अझ स्पष्ट हुँदै गएको छ भने, लगभग सबैथोक गुमाएका परिवारहरूसम्म सहयोग पुर्याउनुपर्ने आवश्यकता पनि बढ्दै गएको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै यामाहा नेपाल परिवार साथै यामाहा २–व्हीलर डिभिजन, देशभरका यामाहा डिलरहरू तथा यामाहा राइडरहरू राहत तथा सहयोग अभियानमा एकजुट भएका छन्।
यामाहा डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डबाट रु. १५,००,००० योगदान गरेका छन् । त्यस्तै, यामाहा डीभिशनको जेन–जी टिमले आफ्नै व्यक्तिगत बचतबाट रु. १५,००० सहयोग गरेको छ । यस्ता कठिन समयमा आफ्नो राष्ट्र र समुदायका लागि साथ दिनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो। सम्पूर्ण यामाहा नेपाल परिवारले पनि यही जिम्मेवारीलाई आत्मसात् गर्दै आफूले सक्ने माध्यमबाट सहयोग गर्ने निर्णय गरेका हुन् । यो सामूहिक प्रयासले सहयोगको सबैभन्दा बढी आवश्यकता भएका मानिसहरूसम्म पुगेर उनीहरूलाई केही राहत र भरोसा प्रदान गर्न सकोस् भन्ने सम्पूर्ण यामाहा नेपाल परिवारको अपेक्षा छ । पुनःस्थापना र पुनर्निर्माणको यात्रा जारी रहँदा, यामाहा नेपालका प्रभावित समुदायहरूसँग आफूले सक्ने हरेक तरिकाले र आवश्यक समयसम्म साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।