शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओमानविरुद्ध नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै

बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियास्थित बायुमास क्रिकेट ओभलमा केहीबेरपछि सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

नेपाल आजको खेल जित्दै प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा छ। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

यता ओमान भने समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो।

सेमिफाइनलमा जित हात पार्ने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ। त्यसैले दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ।