हातहतियार सहित पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट कटुवा पेस्तोल १ थान र गोली १ थान सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान घर भएका २४ वर्षीय शैलेस तामाङ र दाङ घोराही नगरपालिका ९ घर भएका २० वर्षीय उज्वल गिरी रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ९९८८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार शैलेसको साथमा कटुवा पेस्तोल र सोही बसमा सवार उज्वलको साथमा सोही पेस्तोलको गोली १ थान फेला पारी उनीहरु दुबै जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको उक्त प्रभागले जनाएको छ । तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकु बस्ने ४५ वर्षीय युबराज ईङनामलाई भरुवा बन्दुकको फलामको नाल २ थान र बट १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनको कोठामा लुकाई राखेको उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका १४ स्युचाटारबाट नियन्त्रीत लागूऔषध डाईजेल्याब ९६ एम्पुल, नुर्फिन ९६ एम्पुल र फेनरागन ९५ एम्पुल सहित सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत मधुवन घर भएका २० वर्षीय सरेगं मण्डल र सोही ठाउँ घर भएका २० वर्षीय सुनिल कुमार चौधरी रहेका छन् । शंकास्पद अवस्थामा हिँडीरहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका ७ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित भन्सार टोल बस्ने २४ वर्षीय रोशन कुमार कहार र जीवन पासी रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
जुवातास खेलिरहेको अवस्थामा पक्राउ
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका १० कपन बालुवाखानीस्थित राधा गुरुङको घरमा जुवातास खेलिरहेका गुरुङ समेत ७ जनालाई नगद ४१ हजार ६ सय १५ रुपैयाँ र ३ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बोडे बस्ने धादिङ घर भएका बा.३५ प ५३०० नम्बरको मोटरसाइकल चालक २८ वर्षीय राजु चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलामा नियमित रात्रीकालीन जाँच गर्ने क्रममा चौधरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकोले १ हजार रकम दिई प्रहरीलाई प्रलोभनमा पार्न खोजेकोले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।