शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, भग्नावशेषमा अझै खोजी जारी

मंगलबार, भाद्र २३ २०८३

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित सत्य निकेतन क्षेत्रमा बहुमतले भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

दिल्ली सरकारका एक अधिकारीका अनुसार आइतबार दिउँसो भएको दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसको खोजी तथा उद्धार कार्य अझै जारी छ।

आधिकारिक स्रोतका अनुसार आइतबार दिउँसो करिब १ः३० बजे भवनको बेसमेन्टमा मर्मतको काम भइरहेका बेला अचानक संरचना भत्किएको थियो। दुर्घटनामा मृत्यु हुनेमा केही विद्यार्थीसमेत रहेका छन्।

दुर्घटनामा घाइते भएका अन्य छ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भग्नावशेषमा अझै केही मानिस पुरिएको हुनसक्ने आशंकामा सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजी कार्यलाई तीव्रता दिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

सिन्ह्वा