नेप्से बढेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से १८ दशमलव शुन्य सात अंकले बढेर २५ सय ६० दशमलव ८४ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४६ अंकले बढेर चार सय ५३ दशमलव ९६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५२ वटा कम्पनीहरुको ५० हजार आठ सय ४४ पटकको कारोबारमा ९२ लाख ९८ हजार ९४ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब ८३ करोड १५ लाख ८४ हजार चार सय २३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाईनान्स समुहको सुचक नौं दशमलव ९० अंकले घटेर २२ सय ४५ दशमलव ११ अंकमा पुगेकोमा व्यापार समुहको सुचक पनि घटेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक १५ दशमलव ४९ अंकले बढेर १४ सय ४७ दशमलव १४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ८८ अंकले बढेर तीन हजार पाँच सय १४ दशमलव ७५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५१ दशमलव ३१ अंकले बढेर ११ हजार दुई सय ३२ दशमलव ५५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९० दशमलव ८२ अंकले बढेर नौं हजार चार सय ८१ दशमलव ५३ अंकमा पुगेको छ । बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पियोर इर्नर्जी नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इर्मजिङ नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ ।