बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बजाजको ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा

मंगलबार, असोज १४ २०७६

काठमाडौ, असोज १४ । नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले “बजाज ग्राण्ड एक्सचेन्ज मेला” ल्याएको छ ।

असोज १२ गतेदेखि शुरु भएको यो अफर असोज १६ गतेसम्म लागू हुनेछ र ग्राहकहरुले भृकुटीमण्डपमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् । 

कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५,००० प्रदान गर्नेछ ।

ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् ।बजाजको ग्राण्ड एक्सचेन्ज मेलासँगै टेस्ट राइड पनि संचालन भइरहेको छ र ग्राहकहरुले हरेक टेस्ट राइडमा आकर्षक उपहारहरु पनि पाउनेछन् ।

ग्राहकहरुले यो बजाजको ग्राण्ड एक्सचेन्ज मेलामा पुरानो बाइकबाट नयाँमा अप्ग्रेड गरेर अधिक मुल्याकंन, अझ बढि खुसी र लाभ उठाउन सक्नेछन् । 

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि सदैव देशभर रहेको आफ्ना ग्राहकहरुलाई खरिद तथा बिक्रीमा उचित मूल्याकंन साथै उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।