नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन १५ दशमलव ४४ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार चार दशमलव ६६ अंकले बढेर २५ सय ४२ दशमलव ७७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३१ अंकले बढेर चार सय ४९ दशमलव ५० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४६ वटा कम्पनीहरुको ४० हजार छ सय ९२ पटकको कारोबारमा एक करोड २१ लाख ६३ हजार सात सय ६३ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब ४६ करोड ५२ लाख एक हजार ४२ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । ति मध्ये फाईनान्स समुहको सुचक सात दशमलव ८१ अंकले घटेर २२ सय ५५ दशमलव शुन्य दुई अंकमा पुगेको छ भने जलबिद्युत, निर्जीवन बीमा र अन्य समुहको सुचक पनि छ घटेको छ । बाँणिज्य बैंक समुहको सुचक भने तीन दशमलव ४९ अंकले बढेर १४ सय ३० दशमलव ६५ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि नौं दशमलव शुन्य चार अंकले बढेर ११ हजार एक सय ८१ दशमलव २४ अंकमा पुगेको छ । बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पियोर इर्नर्जी नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीह्रुको सुचीमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड पहिलो स्थानमा परेको छ।