शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेप्सेको उकालो यात्रा कायम नैं, १५ अंकले बढ्दा दुई अर्ब ९२ करोडको शेयर किनबेच

बुधबार, भाद्र १७ २०८३

नेप्सेको आज बुधबार पनि बढेको छ । अघिल्लो दिन नौं दशमलव २४ अंकले बढेको नेप्से आज पुन १५ दशमलव ४४ अंकले बढेर २५ सय ३८ दशमलव ११ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य दुई अंकले बढेर चार सय ४९ दशमलव १८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५४ वटा कम्पनीहरुको ३९ हजार छ सय ७३ पटकको कारोबारमा ७२ लाख ६८ हजार दुई सय दुई कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब ९४ करोड २७ लाख ८१ हजार आठ सय २६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा निर्जीवन बीमा समुहको सुचक सात दशमलव २८ अंकले घटेर नौ हजार तीन सय १६ दशमलव ८६ अंकमा पुगेकोमा सामुहिक लगानी कोष समुहको सुचक पनि घटेको छ । यि बाहेक बाँकी बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ३७ अंकले बढेर १४ सय २७ दशमलव १५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव शुन्य सात अंकले बढेर तीन हजार पाँच सय पाँच दशमलव २१ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि १० दशमलव शुन्य पाँच अंकले बढेर ११ हजार एक सय ७२ दशमलव २० अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी इर्नर्जी ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने तमोर हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।