नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ४३ दशमलव ८९ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार नौ दशमलव २४ अंकले बढेर २५ सय २२ दशमलव ६६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७२ अंकले बढेर चार सय ४६ दशमलव १६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४१ वटा कम्पनीहरुको ४८ हजार तीन सय ४१ पटकको कारोबारमा ७६ लाख १३ हजार छ सय ८१ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम दुई अर्ब ९० करोड ६९ लाख ४३ हजार छ सय ३३ रुपैैयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक एक सय पाँच दशमलव ५५ अंकले घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ६६ अंकले बढेर १४ सय १६ दशमलव ७८ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३५ अंकले बढेर तीन हजार चार सय ७२ दशमलव १४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९९ दशमलव ४१ अंकले बढेर ११ हजार एक सय ६२ दशमलव १४ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ८० दशमलव ४२ अंकले बढेर नौं हजार तीन सय २४ दशमलव १४ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माथिल्लो मैलुङ खोला जलबिद्युत कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोलु हाईड्रो पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ।